शिखर इन्स्योरेन्सले हाल कायम पूँजी संरचना परिवर्तन गर्दै ६०:४० कायम गर्ने
शिखर इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीमा संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात हाल कायम ७०:३० बाट घटाएर ६०:४० कायम गर्नका लागि संस्थापक शेयरको १४ दशमलव २८ प्रतिशत शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने निर्णय गरेको छ।
यस अघि कम्पनीको चुक्ता पूँजीको अनुपात संयोजन गर्नका निम्ति एफपीओ निष्कासन गर्ने तयारीमा रहेको भएता पनि धितोपत्र बोर्डले ल्याएको नयाँ धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका-२०७४ को व्यवस्थाले गर्दा एफपीओ निष्कासन गर्न थप केही वर्ष कुर्नु पर्ने भएपछि कम्पनीले संस्थापक शेयरको १४ दशमलव २८ प्रतिशत अर्थात् कुल शेयरको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिणत गरी संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात ६०:४० कायम गर्ने निर्णय गरेको छ ।
