कमोडिटिज एक्सचेन्ज संस्थापनाका निम्ति निवेदन बुझाउने संस्थाको संख्या पुग्यो चार
वस्तु विनियम बजार सञ्चालन गर्न पुर्व स्वीकृतका लागि मल्टी डेरिभेटिभ एक्सचेञ्जले धितोपत्र बोर्ड समक्ष निवेदन दिएको छ।
अधिकृत पूँजी एक अर्ब र चुक्ता पूँजी ६८ करोड २५ लाख पुँजी सहित संस्थापन हुने लागेको एक्सचेञ्जमा सानिमा बैंक, महालक्ष्मी विकास बैंकसहित अन्य पाँचवटा बैंकहरु र सिद्धार्थ इन्स्योरेन्ससहित अन्य चारवटा बीमा कम्पनीका स्थाई अन्य २५ जना संस्थापकहरुको लगानी रहने विज्ञप्ति जारी गरी जनाएको छ।
वस्तु विनिमय बजार नियमावली २०७४ कार्यान्वयन भईसकेपछि वस्तु विनियम बजार सञ्चालन गर्नका लागि अहिले सम्म मल्टी डेरिभेटिभ एक्सचेञ्ज सहित अन्य तीन वटा कम्पनीले नेपाल कमोडिटी एक्सचेञ्ज , नेपाल मर्कनटाइल एक्सचेञ्ज र कमोडिटिज फ्यूचरस् एक्सचेञ्ज सस्थापनाका लागी यस अघि नेपाल धितोपत्र बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि निवेदन दिएका छन्।